logo-img

एकदिवसीय विश्वकप छनोट
जिम्बाब्वेविरुद्ध कुशल-आसिफबीच शतकीय साझेदारी
फाइल तस्बिर

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । हरारे स्पोर्ट्स मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका लागि शतकीय साझेदारी गरिसकेको छ । 

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कुशल भुर्तेल र आसिफ शेखले राम्रो प्रदर्शन गरेका छन् । कुशलले अर्धशतक पूरा गरिसकेका छन् । यो समाचार तयार पार्दासम्म उनले ७५ बलमा ६६ तथा आसिफले ७५ बलमा ४१ रन बनाएका छन् ।  

टोलीले २५ ओभरमा बिनाविकेट १ सय १४ रन बनाएको छ । नेपालले पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेलिरहेको हो ।



नेपालले यसअघि २०१८ को विश्वकप छनोटमा पनि जिम्बाब्वेसँग खेलेको थियो । तर, सो बेला नेपालले एकदिवसीय मान्यता पाएको थिएन । उक्त खेलमा घरेलु टोली जिम्बाब्वेसँग नेपाल ११६ रनले पराजित भयो ।  

नेपालले पछिल्लो १७ मध्ये १६ अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । ग्रुप ‘ए’ मा रहेको नेपालले समूह चरणमा जिम्बाब्वेका साथै विश्वविजेता वेस्ट इण्डिज, नेदरल्याण्ड्स र अमेरिकासँग पनि खेल्नेछ । 

प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार अमेरिका, बिहीबार वेस्ट इण्डिज र शनिबार नेदरल्याण्ड्सको सामना गर्ने तालिका छ । ​प्रतियोगिातको दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा पुग्नेछन् ।  



सुपर सिक्सको शीर्ष दुईमा रहने टिम यही वर्षको विश्वकपमा छनोट हुनेछन् । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने । 



  • प्रकाशित मिति : असार ३, २०८० आइतबार १४:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया