logo-img

महानगरले शैक्षिक मेला रोकेको भन्दै निजी शैक्षिक संस्थाको साझा सञ्जालकाे भर्त्सना

काठमाडौं महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको भन्दै निजी शैक्षिक संस्थाको साझा सञ्जालले विराेध जनाएको छ । सञ्जालमा आबद्ध विभिन्न नाै संघसंस्थाले आइतबार सामूहिक विज्ञप्ति जारी गर्दै महानगरको हस्तक्षेपको निन्दा र भर्त्सना गरेका हुन् ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ सञ्चालनमा काठमाडौं महानगरपालिकाले जेठ ३१ गते रोक लगाएको थियो । मेला उद्घाटन हुनेबित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएको थियो । 

महानगर प्रहरीले ‘माथिको आदेश’ भन्दै हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध पुर्‍याएका कारण विद्यार्थी, अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको जनाइएको छ । मेलास्थलमा बिजुलीसमेत काटिएको संयोजक टंकराज आचार्यले बताए ।

मेला आयोजक हिसानसहित प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, पोखरा विश्वविद्यालयअर्न्तगतको ओपेन, पूर्वाञ्चल विश्वविद्यालयको पियुक्यान, इकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), निजी प्राविधिक शिक्षालय महासंघले संयुक्त विज्ञप्ति जारी गरेर विराेध गरेका हुन् ।

शिक्षा मन्त्रालयबाट अनुमति लिएर र जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरलाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारीविना नै कर्मचारी सुरक्षाकर्मी लगाएर बन्द गराइएकाे विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार १५:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया