logo-img

प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाऔँ : सांसद पौडेल

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए । 

कुनै जमिनमा विद्युत, पानी र यातायातको सुविधा पुर्याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने उनको भनाइ छ । प्राकृतिक विपद्बाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुर्नस्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने उनको सुझाब छ ।

सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने पनि बताए । उनले दिगो विकास लक्ष्यलाई भेट्नेहरु सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाही अघि बढ्नुपर्ने बताए । 
 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार २१:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया