logo-img

पोखरा विमानस्थल नियमित सञ्चालनका लागि सबैले पहल गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षले जागरुकता देखाउनुपर्ने बताएका छन् ।  

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा उनले उडान नियमितरूपमा गर्नसके मात्रै पर्यटन प्रवर्द्धन हुने बताए । 

तिमिल्सिनाले आजको खुशीयालीलाई नियमितरूपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे । उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे । 

‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । आज उद्‍घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टर्ड गरेर अर्को ६ महिनामा अर्को चार्टर्ड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुशीयाली धेरै टिक्दैन । यो खुशीयालीलाई सधैं कायम राख्नको लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरूले सबैले साझा प्रयत्न गराैँ । कान ढालेर बसेर हुँदैन,’ तिमिल्सिनाले भने ।   
 
नेपाल–चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताए ।     





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ११:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया