logo-img

पब्जी मोबाइलमा सहभागी हुन नेपाली टोली मकाउ प्रस्थान

पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली आज मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबार आयोजित एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरे ।  

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समीर गुरुङ (ग्यान्टे), दीपेश गुरुङ (डेल्टा) र सङ्गीन भट्टराई (साङ) रहेका छन् ।

एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपालमा पनि ई–स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषदमा दर्ता भएका अन्य खेल सरह यो खेललाई पनि अभिभावकत्व प्रदान गरिने बताए । 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार ७:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया