logo-img

वाचा पूरा नगरेपछि हर्क साम्पाङले भने- सुदन किराती पनि गफाडी रैछन्

धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ‘गफाडी’ को संज्ञा दिएका छन् ।  

श्रम संस्कृति पदमार्ग निर्माणको वाचा पूरा नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् साम्पाङले मन्त्री किरातीलाई ‘गफाडी’ को उपमा दिएका हुन् । 

उनले मन्त्री किरातीलाई बोलेको पूरा गर्न पनि आग्रह गरेका छन् । साथै, मेयर साम्पाङले धरानमा विरुवा रोप्न आए स्वागत गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।  

‘सुदन किराती पनि गफाडी रैछन् ! श्रम संस्कृति पदमार्ग निर्माणको वाचा गरेका थिए पुराएनन् ! बोलेको पूरा गर्नु है ? विरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाइ छ जे होस् ! जय पितापूर्खा,’ साम्पाङले लेखेका छन् । 
 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार ११:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया