logo-img

जनकपुरधाममा गाडेको अवस्थामा शव फेला
सांकेतिक तस्बिर

जनकपुरधाममा गाडेको अवस्थामा एकजनाको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-२३ दुधमती पूलनजिकै गाडेको अवस्थामा शुक्रबार दिउँसो शव फेला परेको हो । 

स्थानीयबासीले दिएको जानकारीका आधारमा प्रहरीको टोली घटनास्थल पुग्दा बोरामा बाँधेको अवस्थामा सँडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 

शवको पहिचान खुल्न नसकेको र हत्या पछि शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार ११:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया