डिजिटल इकोनोमीमा सरकार लागिरहेको छ : प्रधानमन्त्री
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आएपनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताए । प्रधानमन्त्री दाहालले सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको जिकिर गरे । 

प्रधानमन्त्री दाहालले रकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको बताए । 

उनले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भुमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको उल्लेख गरे ।

उनले भने, ‘सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन । सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयासहरु केन्द्रित छन् ।’

प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक अवस्थाका कारण पनि सोचेअनुसारको विकास हुन नसकेको बताए । उनले आइसीटिका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु देशका लागि खुशीको कुरा भएको बताए । 





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १२:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया