logo-img

सरकारले विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्नु पर्छ : पौडेल
फाइल तस्बिर

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरूको कार्यान्वयनमा सरकारले ढिलाइ गर्न नहुने उनले बताए । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले सरकारले दुई पटक आफैंले गरेको प्रतिवद्धता अनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्ति समेत जनाए। विद्यालयका कर्मचारीहरुले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्याउन माग गर्दै आइरहेका छन् । सांसद पौडेलले उनीहरूको सो माग सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले भने, ‘विद्यालय सुधार्नका निम्ति महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका शिक्षकहरूलाई सम्मानित गरेर, शिक्षकका मागहरू सुधार गरेर, विद्यालय कर्मचारीका समस्याहरू समाधान गरेर सार्वजनिक विद्यालय सुधार अभियानमा अगाडि बढ्नका निम्ति म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण चाहन्छु ।’

सांसद पौडेलले शिक्षक र त्यहाँ कार्यरत कर्मचारीको न्यूनतम माग पनि सम्बोधन सरकारले नगर्ने हो भने विद्यालय सुधार अभियान अगाडि बढ्नै नसक्ने बताए ।  





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १३:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया