वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो : योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गरेमा नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् । 

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए । उनले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए । भट्टराईले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए । 

उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको समेत बताए । भट्टराईले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरूका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै  वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए । 

उनले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।  





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १४:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया