logo-img

पोखरामा चट्याङ लागेर एकजनाको मृत्यु

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए । घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो । उनलाई अस्पतालले आज बिहान २:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । 





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार ११:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया