logo-img

पशुपतिमा राखेको जलहरीको तौलमा कति आयो फरक ?

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी झिकेर नाप जाँच गरेको छ । स्रोतका अनुसार पशुपतिमा राखिएको सुनको जलहरीको तौल जाँच गर्दा १०७ किलो ४७ ग्राम रहेको खुलेको छ। 

मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेको हो । सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गरेर नेपाली सेनासमेत परिचालन गरेर जलहरी बनाइएको सुन जोखिएको थियो ।

गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरी खोजेका थिए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको शिवरात्रिमा पशुपतिमा सुनको जलहरी राखेका थिए । त्यसका लागि पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो । 

उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको जनाइएको थियो ।  





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार १८:९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया