logo-img

कोशीमा सवारी दुर्घटना : ११ महिनामा ३८८ जनाको मृत्यु

कोशी प्रदेशमा सवारीसाधन दुर्घटनामा ११ महिनामा ३ सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन् । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका १ सय ५ जनाले ज्यान गुमाएका छन् ।  

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालू आर्थिक वर्षको असार १० गतेसम्ममा ३ हजार ३ सय १७ सवारी साधन दुर्घटनामा परेका थिए ।  

गत वर्ष सोही अवधिमा ३ हजार ५ सय ९६ सवारी साधन दुर्घटना हुँदा ४ सय ९७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा ७ सय ३१ जना गम्भीर र ४ हजार ५ सय १५ जना सामान्य घाइते भएका दाहालले बताए ।

दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेतनामूलक २४ हजार ५ सय ५१ कार्यक्रम गरिएका छन् । सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जभाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो । 

ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले १८ करोड ५४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रदेशका १४ जिल्लामा २ लाख ७७ हजार ३ सय ७१ सवारी साधनका चालकलाई कारबाही गरिएको प्रवक्ता दाहालले बताए ।  



गत वर्षको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 



  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १४:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया