logo-img

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताइरहेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नका जवाफ दिनेक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही असारभित्रै नै बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने आश्वासनसमेत दिए ।  

असार महिनाभित्रै सो आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम पनि सुरु गर्ने उनको भनाइ छ । 

‘मैले यसै महिना भित्र बुढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्‍घाटन गर्ने र शिलान्यास प्रक्रिया पनि सम्पन्न गर्ने मैले सम्बन्धित अधिकारीलाई भनेको छु । मलाई विश्वास छ । यसै महिना भित्र बुढीगण्डकी परियोजना अघि बढाउने नयाँ कार्यालयको उद्‍घाटन हुन्छ । मैले भन्ने त्यही हो । अर्को, निजगढ एयरपोर्टको बारेमा मैले धेरै पटक यस सम्मानित सदनमा राखेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले जो फाष्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ एयरपोर्टलाई यथाशिघ्र अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।’
 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १३:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया