logo-img

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताएका छन् । 

पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचनमा आज सम्बोधन गर्दै उनले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताएका हुन् ।

समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उनको भनाइ छ । देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उनले भने,  ‘नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन् ।’

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अहिलेको पुस्ताको आवश्यकता पुरा गर्नतर्फ राज्य लाग्नुपर्ने समय आएको उनको भनाइ छ । उनले रुपान्तरणका लागि सबै लाग्नुपर्ने बताए । जिम्मेवारीमा रहेका नेताको त्याग महत्वपूर्ण भए पनि त्यागअनुसारको आम नागरिकलाई अनुभूति दिलाउन नसक्दा जनतामा निराशा छाएको उनको भनाइ थियो । नेपाल शिक्षक सङ्गठनका संस्थापक केन्द्रीय सचिव समेत रहेका पौडेलले शिक्षा क्षेत्रमा गरेको परिवर्तनअनुसार अहिलेको शिक्षालाई अघि बढाउन सक्नुपर्ने उनको भनाइ छ ।

समाज परिवर्तन र शिक्षा क्षेत्रको विकासका लागि पौडेल परिवारको महत्वपूर्ण भूमिका रहेको उनले बताए । भरतपुर महानगरपालिका–१४ मा रहेको पिता-शिक्षा गुठीले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, डा. सूर्यराज आचार्य, शिक्षाविद रमाकान्तर सापकोटा, प्राध्यापक केदारनाथ खनाल, एकनारायण पौडेल लगायतले पुस्तकको समीक्षा एवं टिप्पणी गरेका थिए । 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १६:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया