इलाममा एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास छन् । इलाममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई रोकेका हुन् ।

भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए । 

पहिचान पक्षधरले भट्टराई चढेको गाडीलाई रोक्दै पहिचान विरोधी होसियार भन्दै कालो झण्डासहित प्रदर्शन गरेका थिए । उनीहरूले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए ।  





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १७:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया