आक्रमणको प्रयास भएपछि योगेश भट्टराईले भने- एमालेलाई हमला गरेर कोशीको समस्या हल हुँदैन
फाइल तस्बिर

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास गरेपछि उनले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरूको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास वहाँहरूले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले विताएको समयले सार्थकता पाएको अनुभूति भएको छ ।’ 
 
सचिव भट्टराईले हिंसात्मक तरिका आफूलाई मान्य नहुने पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ ।  उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरूका लागि पनि लज्जाको विषय हो ।’

भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् । पहिचान पक्षधरले भट्टराई चढेको गाडीलाई रोक्दै पहिचान विरोधी होसियार भन्दै कालो झण्डासहित प्रदर्शन गरेका थिए । उनीहरूले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । 

इलाममा एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १८:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया