logo-img

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको आह्वान

कोशी प्रदेशमा नयाँ सरकार गठनको ढोका खुलेको छ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन्। 

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन्।

शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका सभामुख सहित १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादीको एक मात्र सिट छ । 

प्रदेश प्रमुखको आह्वानअनुसार अब दलहरूले २१ असारसम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ। 

कांग्रेस नेतृत्वको गठबन्धन र एमले राप्रापा गठबन्धन दुवैको बराबरी सिट संख्या भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले बहुमत जुटाउन सकेनन् । उनको सरकार ढलेपछि कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नयाँ सरकारको नेतृत्वका लागि कस्सिएका छन् । 



नयाँ सरकारका लागि आफ्नो दललाई समर्थन गर्न कांग्रेसले राप्रपालाई आग्रह गरेको छ । कांग्रेसले राप्रपाको समर्थन नपाएमा कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्नुपर्नेछ । 



  • प्रकाशित मिति : असार १७, २०८० आइतबार २२:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया