logo-img

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ, कुन जिल्लामा कति ?
फाइल तस्बिर

असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य ६ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । 

हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल ९ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ हुने २ सय ७६ हेक्टरमा शतप्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।    

जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकामा हालसम्म दुई हजार छ सय ५५ (९० प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको निर्देशक रोकायले बताए । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ८६ हेक्टर रहेको छ । हुम्लाको कूल १२ हजार ६ सय ५४ हेक्टर खेतीयोग्य जमिनमा १ हजार दुई सय ८४ हेक्टरमा रोपाइँ हुँदै आएकामा अहिलेसम्म ८ सय ३४ हेक्टर (६५ प्रतिशत) जमिनमा रोपाइँ भएको जनाइएको छ ।

मुगुको कूल १६ हजार १ सय ३५ हेक्टर जमिनमा नौ सय हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा यही असार १५ गतेसम्म चार सय ७९ (५२ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । कालीकोटमा कूल खेतीयोग्य ३९ हजार नौ सय २१ हेक्टर जमिन छ । ३ हजार १९ हेक्टर जमिनमा रोपाइँ हुँदै आएकामा यस वर्ष असार १७ गतेसम्म एक हजार आठ सय ११ (३६ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ ।  

त्यसैगरी जाजरकोटको कूल खेतीयोग्य २५ हजार तीन सय ८४ मध्ये धान रोपाइँ हुने तीन हजार ६५ हेक्टर जमिनमा १ हजार ७ सय १६ (५६ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । सल्यानमा कूल खेतीयोग्य जमिन ७९ हजार ५७ हेक्टर छ । त्यसमा सात हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्नेमा असार १७ गतेसम्म तीन हजार आठ सय ८९ (५५ प्रतिशत) रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार रुकुमपश्चिमको कूल खेतीयोग्य जमिन २३ हजार एक सय ७२ मा धान रोपाइँ हुने तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिन छ । त्यसमा हिजोसम्म एक हजार तीन सय ११ (४३ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । 



सुर्खेतको १५ हजार दुई ४० हेक्टर धान रोपाइँ हुने जमिनमा पाँच हजार तीन सय ३४ (३५ प्रतिशत) हेक्टर जमिनमा धान रोपाइँ भएको उहाँले बताउनुभयो । सुर्खेतको कूल खेतीयोग्य जमिन ५५ हजार दुई सय हेक्टर रहेको छ ।

कर्णाली प्रदेशको सबैभन्दा कम रोपाइँ दैलेखमा भएको निर्देशनालयले जनाएको छ । दैलेखमा असार १७ गतेसम्म मात्र २५ प्रतिशत रोपाइँ भएको छ । कूल खेतीयोग्य ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल भएको दैलेखमा आठ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुन्छ । आइतबारसम्म दुई हजार एक सय २८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जनाइएको छ ।



निर्देशक रोकायका अनुसार डोल्पामा थोरै खेतीयोग्य जमिन र त्यसमा धान रोपाइँ हुने क्षेत्रफल नै कमी भएकाले शतप्रतिशत रोपाइँ भएको तर दैलेखका कतिपय ठाउँमा मूल फुटेपछि मात्र रोपाइँ हुने भएकाले कम प्रतिशत देखिएको हो । असार मसान्तसम्म सम्भवतः कर्णालीमा ६० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । रासस 

  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १४:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया