प्राध्यापक सुब्बालाई नास्टको निमित्त उपकुलपतिको जिम्मेवारी

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को निमित्त उपकुलपतिको जिम्मेवारी प्राध्यापक दिलीप सुब्बालाई दिएकाे छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रा.डा. सुब्बालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । नास्टकाे कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । 

निमित्त उपकुलपति व्यवस्थापन परिषद्मा रहेका सबैभन्दा जेष्ठ सदस्यलाई तोक्न सकिने व्यवस्था छ । जेष्ठ सदस्य रहेका प्रा.डा. रमेशकान्त अधिकारी हाल अमेरिकामा छन् । २ महिनासम्म नेपाल फर्कन नसक्ने भएपछि त्यसपछिका जेष्ठ सदस्य सुब्बालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

नास्टमा उपकुलपति नभएको अवस्थामा कुलपतिले निमित्त उपकुलपति तोक्न सक्ने प्रावधान छ । सोही व्यवस्था बमोजिम प्राध्यापक सुब्बालाई निमित्त तोकिएको हो ।





  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १९:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया