logo-img

सल्यानमा करेन्ट लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

सल्यानमा करेन्ट लागेर बिहीबार बिहान तीनजनाको मृत्यु भएको छ । सल्यानको राप्ती राजमार्गको चोर खोलानजिकै यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा बाबुछोरको घटनास्थलमै मृत्यु भएको हो । 

पहिरोका कारण ढलेको रुखले तान्दा सडकमा लत्रिएको तारबाट करेन्ट प्रवाह भएका कारण दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको घटनास्थलमै र गाडीधनी महेन्द्र ओलीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 



बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् । 

गाडीमा करेन्ट लाग्दा आगजनीसमेत भएको थियो भने गाडीका दुईवटा टायर जलेर नष्ट भएका थिए । गाडीमा २० जना सवार थिए । 

करेन्ट लागेर मृत्यु भएका सबैलाई पोस्टमार्टमका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार २१:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया