logo-img

राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी फेरि आन्दोलित

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

विश्वविद्यालयका विद्यार्थीले शुक्रबार स्थानीय रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेका छन् । विश्वविद्यालयमा उपकुलपति, क्याम्पस प्रमुख र रजिस्ट्रारसमेत नरहेको अवस्थामा आफूहरूको पठनपाठन लथालिङ्ग बनेको विद्यार्थी नेता संगम तिवारीको आरोप छ । 

आन्दोलित विद्यार्थी​ले शिक्षामन्त्री विरुद्धसमेत नाराबाजी गरेका थिए । कहिले करारमा राखिएका उपप्राध्यापकको आन्दोलन त कहिले विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभइ विवादको थलोका रूपमा परिणत हुँदै गइरहेको छ ।

विवादित बन्दै आइरहेको सो विश्वविद्यालय पदाधिकारीविहिन हुँदा विश्वविद्यालयको अवस्था झन जर्जर बन्दै गइरहेको छ । विश्वविद्यालयका भीसी, रजिस्ट्रार, डीन लगायतका पदाधिकारीहरू नियुक्त नभएको महिनौँ बढी भइसकेको छ । यसअघिका पदाधिकारीहरू कार्यअवधि पूरा गरेर अवकाश पाइसकेका छन् । 

राजर्षि जनक विश्वविद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले संघ सरकारद्वारा सञ्चालनमा आएको यो विश्वविद्यालय सरकारी उपेक्षाको सिकार भएको आरोप लगाए । 



‘संघ सरकारले विश्वविद्यालय स्थापना गरेर पदाधिकारीविहीन हुँदा समेत मौन छ, प्रदेश सरकार सहयोग गर्न चाहँदैन । यसरी सरकारी उपेक्षाको सिकार भयो भने विश्वविद्यालय कसरी चल्छ ?,’ मल्लिकले प्रश्न गरे ।



राजर्षि जनक विश्व विद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको यस विश्वविद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् ।   

  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार १८:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया