प्रधानमन्त्रीको राजीनामा मागेर एमाले फस्यो : राजेन्द्र पाण्डे

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । 

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो । 

उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए । ‘एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । मलाई लाग्छ, एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । 





  • प्रकाशित मिति : असार २३, २०८० शनिबार १९:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया