संघीय शिक्षा ऐन छिटो ल्याउन माग

नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौं शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे । 

शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकलाई सम्मानित व्यवहार हुनुपर्ने उनको छ । 

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्षहरु बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाही, पूर्वउपाध्यक्ष विष्णु पोखरेल, बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, काठमाडौं जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मालगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असार २३, २०८० शनिबार २१:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया