सात प्रदेशका मुख्यन्यायाधीवक्ताको सम्मेलनबाट ९ बुँदे घोषणापत्र जारी

सातवटै प्रदेशका मुख्यन्यायाधीवक्ताको अनुभव आदानप्रदान तथा राष्ट्रिय सम्मेलन कार्यक्रमबाट ९ बुँदे घोषणा पत्र जारी गरिएको छ ।  

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको सातवटै प्रदेशको मुख्यन्यायाधीवक्ताको दुईदिवसीय राष्ट्रिय सम्मेलनबाट ९ बुँदे जनकपुर घोषणापत्र जारी गरिएको हो । मधेस प्रदेशका मुख्यन्यायाधीवक्ता वीरेन्द्रकुमार ठाकुरले ९ बुँदे घोषणा पत्र जारी गर्दै मुख्य न्यायाधीवक्ताको सम्मेलनको समापन गरे ।  

मुख्यन्यायाधीवक्ताको सो सम्मेलनबाट जारी गरिएको घोषणा पत्रमा प्रदेशले पाएको अधिकार पाउने अधिकारको सीमा स्पष्ट गरी परिभाषित गर्न माग गरेको छ । नेपालको संविधान अनुसूची ७२९ मा रहेको साझा अधिकारको सूचीसँग सम्बन्धित विषय तत्काल परिभाषित गरी तीनवटै तहको अधिकारको सीमा स्पष्ट गर्न माग गरेको मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरले बताए ।

मुख्य न्यायाधिवक्ताको कार्यालयमा रहने न्यायाधीवक्ता ​लगायतका कर्मचारीको व्यवस्थापन महान्यायाधिवक्ताको कार्यालयले गर्ने संवैधानिक व्यवस्था भए पनि  कर्मचारीको व्यवस्थापन प्रदेश लोकसेवा आयोगले नै गर्नेगरी संविधान संशोधन गरी कानुन निर्माण गर्न घोषणा पत्रमार्फत गरिएको हो ।

मुख्यन्यायधीवक्ताको सो सम्मेलनमा सातवटै प्रदेशका मुख्यन्यायधिवक्ताहलाई बोलाइए पनि ६ प्रदेशका मुख्य महान्यायाधिवक्ताको सहभागिता रहेको थियो । कोशी प्रदेशका मुख्यन्यायधीवक्ता भने सम्मेलनमा सहभागी हुन भएन ।   





  • प्रकाशित मिति : असार २४, २०८० आइतबार १५:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया