logo-img

सुदूरपश्चिम प्रदेश सभा बैठक आज बस्दै

सुदूरपश्चिम प्रदेश सभाको आज अपराह्न ४ बजेदेखि बैठक बस्दैछ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याइएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ ।

यही असार १ गते प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले पेस गरेको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । 

सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नु, प्रदेशसभा सदस्य प्रदेश बाहिर रहनु र सरकारले तयारी अघि नबढाउँदा बजेटमाथिको छलफल ढिला गरी अघि बढ्न लागेको सभामुख भण्डारीले बताए । 

उनले भने, ‘आज प्रदेशसभा बैठक बस्छ, अहिले कार्य परामर्श समितिको बैठक बसिरहेको छ, यकिन समय भन्न सकिँदैन, कार्य परामर्श समितिले बजेटमाथिको छलफललाई नै प्रमुख एजेण्डा बनाउन सक्ने देखिएको छ ।’ 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १२:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया