सुदूरपश्चिममा सत्ता साझेदार दल नै बजेटलाई समर्थन नगर्ने

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्न सत्तापक्ष दलले नै समर्थन नगर्ने निर्णय गरेको छ । सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो । सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफ्ना दलका नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ । नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ, ‘जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरूमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुख दर्शक भएको अनुभूति भएको छ ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन् । विज्ञप्ति मार्फत भनिएको छ,‘जनता र जनताका जनप्रतिनिधिको भावना समेटेर प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन बजेट संशोधनको प्रक्रिया अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दछु ।’ 

उनीहरूले बजेट संशोधन र समझदारी नभएकोले यथा स्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताएका छन् । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १९:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया