मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनाको आशंका

सम्पर्कविहीन मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनामा परेको आशंका गरिएको छ ।  

गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नम्बर ५ लामजुराडाँडामा हेलिकोप्टर दुर्घटना भएको खबर आएको जानकारी दिए । उनले त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकोप्टर दुर्घटनामा परेको बताएको बताइन् ।  

ती व्यक्तिको भनाइ उद्धृत गर्दै उपाध्यक्ष बस्नेतले भनिन्, ‘हेलिकोप्टर क्षतविक्षत छ भन्ने छ । विस्तृत विवरण आएको छैन ।’

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकोप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका उडेको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो ।​

हेलिकप्टोरमा पाँचजना विदेशी र एकजना नेपाली छन् ।  
 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १२:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया