बाजेको कुटपिटबाट एक नातिको मृत्यु, एक गम्भीर घाइते

बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय रेसम साउदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय अर्को नाति रिजन साउद गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार रेसम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले उनीहरूमाथि कुटपिट गरेका हुन् । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेसमको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  यस्तै अर्का बालक रिजनको धनगढीको नवजीवन अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । 

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा रहेका थिए । नातिमाथि कुटपिट गर्ने गणेशलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरी निरीक्षक जोशीले जनाए ।  

उनले आफ्ना नातीहरूमाथि किन कुटपिट गरे भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।  प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार ८:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया