logo-img

युक्रेनलाई दिइने नेटोको सदस्यताले विश्वव्यापी तनाव बढाउने पुटिनको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् । ‘मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ,’ उनले भने ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु हो । 

पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारसँग कुरा गर्दै नाटोले कीभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो तर सदस्यताको लागि समयसीमा भने दिएको छैन ।

युक्रेनले रुसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ । 

‘लामो दूरीका क्षेप्यास्त्रहरूले क्षति पुर्‍याउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ,’ उनले भने, ‘नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।’ 





  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार १८:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया