टेलिकमले ल्यायो समर अफर, कस्ता छन् सुविधा ?

नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागू हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ । 

त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । 

समर अफरमा अल टाइम डाटा प्याकअन्तर्गत ५ सय रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र  आठ सयमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

त्यसैगरी प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो २ सय ९९ प्याकमा एक सय ५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीको सट्टा चार जीबी डाटा उपलब्ध हुनेछ । टेलिकमले सजिलो अनलिमिटेड रु सात सय ९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल पनि उपलब्ध गराउने भएको छ । 

मेसिन टु मेसिन (एम टु एम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युसेज पोलिसीबमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ । 

समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।  





  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार २२:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया