logo-img

युक्रेनले भन्याे- हाम्रो भूभाग नछाड्दासम्म रुससँग वार्ता हुँदैन

रुसी सेनाले आफ्नो भूमि नछाडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रुसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भू–भाग छोडेपछि मात्र वार्ताका बारेमा विचार गरिने पत्रकारलाई बताएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले रसियालाई अर्को हप्ता समाप्त हुने खाद्यान्न आपूर्ति सम्झौताको अवधि बढाउन दबाब दिँदै यदि त्यसो नभएमा विकासोन्मुख विश्वले क्षति भोग्नुपर्ने चेतावनी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा मस्कोको आक्रमणबाट उत्पन्न भएको विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्न युक्रेनी अन्नको निर्यात अनुमति दिने सम्झौता नवीकरण गर्न सहमत भएको बताएका छन् । 





  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार २३:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया