पर्वतमा जिप दुर्घटना : ७ वर्षीया बालिकाको मृत्यु‚ ११ जना घाइते

पर्वतको कुश्मा–दुर्लुङ सडक खण्डअन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप शनिबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो।

जिपमा सवार सबैलाई तत्कालै उद्धार गरी उपचारका लागि पर्वत अस्पतालमा लगिएकोमा कुश्मा नगरपालिका–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिए । 

टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा मृत्यु भएको हो ।​ दुर्लुङकै चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। ट्राफिक प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।

उकालो बाटोमा चढ्दै गरेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो ।  





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार ६:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया