पर्वत जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एकजना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । 

दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।   

अन्य घाइते कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भवदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।  

यात्रुवहाक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उनले बताए । 





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार १३:३७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया