रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
 
फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (जुलाई १७)का अवसरमा आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा रोम विधान अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
    
रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आम नरसंहार, मानवताविरुद्धको अपराध र प्रत्याक्रमणजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउन एवं पीडितलाई न्यायको सुनिश्चित गर्न मार्ग प्रशस्त गर्ने भन्दै आयोगले सो विधान पारित गर्न आग्रह गरेको छ ।
 
आयोगले यस सम्बन्धमा अध्ययन गरी उक्त विधान अनुमोदन गर्न विसं २०६५ साउन २२ गते सरकारलाई पत्राचार गरेको स्मरण गराएको जनाएको छ ।





  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १९:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया