logo-img

क्विन्टल सुन तस्करी : चार जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप

उच्च अदालत पाटनले एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये चार जनालाई अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई थप ९ दिनको म्याद दिएको छ ।  

बिहीबार ६ जनालाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएकोमा चिनियाँ नागरिकसहति बाँकी चार जनामाथि अनुसन्धान गर्न आज ९ दिनको म्याद पाएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । 

यसरी म्याद थप भएकाहरुमा चिनियाँ नागरिक जेयुङ लिनसहित ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ र पुष्कर भट्ट तथा एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ रहेका छन् ।

यसअघि बुधबार पक्राउ गरेका ६ जनालाई विहिबार १० दिनको म्याद थप भएको थियो । यसरी म्याद थपिएकामा ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल छन् ।  





  • प्रकाशित मिति : साउन ५, २०८० शुक्रबार २०:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया