logo-img

सौर्य गठबन्धनको बैठकमा भाग लिन ऊर्जामन्त्री बस्नेत आबुधावी प्रस्थान

संयुक्त अरब इमिरेट्समा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधाबी प्रस्थान गरेका छन् ।  

मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । सो बैठक बैठक यही साउन ८ देखि १० गतेसम्म आबुधावीमा आयोजना हुँदैछ । आईएसएका सदस्य राष्ट्रहरू, एसिया प्रशान्त क्षेत्रका देशमध्ये सम्भाव्य सदस्य राष्ट्रहरू, साझेदार संगठनको बैठकमा सहभागिता रहनेछ ।

भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्र्ताष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्ट्रलाई सौर्य ऊर्जा प्रविधि प्रयोग गरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्ने र जलवायु परिवर्तनको असर कम गर्न सहयोग प्राप्त हुनेछ । 

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सो गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ । 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १२:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया