logo-img

महिला विश्वकप : जमैका र फ्रान्सकाे गोलरहित बराबरी

महिला विश्वकप फुटबल प्रतियोगितामा जमैका र फ्रान्स गोलरहित बराबरीमा रोकिएका छन् । समूह ‘एफ’मा रहेका दुवै टोलीले आइतबार आफ्नो पहिलो खेल खेलेका हुन् ।

खेलको अन्तिम समयमा जमैका १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा जमैकाकी खादिजा सले रातो कार्ड पाएकी थिइन् । 

सोही समूहमा ब्राजिल र पानामा पनि छन् । यी दुई टोलीले भने हालसम्म आफ्नो पहिलो खेल खेलेका छैनन् ।



महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १८:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया