इक्यानको नयाँ नेतृत्वलाई नायरको बधाई

नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रेन्सेटिभ्स (नायर)ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रम गरेर नायरका पदाधिकारीले इक्यानको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना प्रदान गर्दै शैक्षिक परामर्श सम्बन्धी समस्या तथा चुनौतीको सामना गर्न हातेमालो गर्नुपर्ने जनाएका छन् ।

नायरका अध्यक्ष प्रेम पाण्डेले नयाँ जोश र जाँगरसहित आएको इक्यानको नेतृत्वले जोश जाँगरलाई पूर्ति गर्ने गरी काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

इक्यानको नयाँ नेतृत्वलाई आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्न सुझाब दिँदै अध्यक्ष पाण्डेल ेइक्यानलाई नायरको सधैँ साथ सहयोग रहने जनाए ।

यस्तै, इक्यानका नवनिर्वाचित अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्शसँग सम्बन्धित समस्या र चुनौतिको समाना गर्न सबै संघ संस्था एकजुट हुन जरुरी रहेको औँल्याएका छन् ।

उनले नायरले गरिरहेको काम सराहनीय रहेको बताउँदै शैक्षिक परामर्शसम्बन्धी काम गर्ने संस्थाहरू एक आपसमा मर्ज हुनुपर्ने बताए ।



उनले भने, ‘छरिएर रहेका शैक्षिक परामर्शसम्बन्धी काम गर्ने संस्था एकआपसमा मर्ज हुनुपर्छ, एकै ठाउँमा उभिनुपर्छ । धेरै संस्था हुँदा अलमल हुन्छ । एफडिआईविरुद्ध हामी सबै लाग्नुपर्छ ।’

यसैगरी, इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले इक्यान शैक्षिक परामर्शको क्षेत्रमा काम गर्न सबैभन्दा धेरै सदस्य भएको संस्था भएकाले सबैसँग हातेमालो गरेर जानेमा विश्वास व्यक्त गरे ।



  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार २०:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया