नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएकाे छ । यसअघि नाउपाको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

तर, भागबण्डा नमिलेको भन्दै मंगलबार साे पार्टी पुरानाे निर्णयबाट पछि हटेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबारै नागरिक उन्मुक्तिका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा र कैलाश चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए ।

साे पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै सरकारमा सहभागी नहुने जानकारी गराएपछि सरकार विस्तार राेकिएकाे छ । 

श्रेष्ठले पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेको बताउँदै सरकारमा सहभागी नहुने बताएकी हुन् ।





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १९:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया