logo-img

सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय
फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ । केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभाग‍ी नहुने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक मन्त्री र एक राज्यमन्त्री दिने प्रस्ताव गरे पनि नागरिक उन्मुक्ति पार्टीले अस्वीकार गरेको हो । 

नागरिक उन्मुक्ति पार्टीभित्र  मन्त्रीको आकांक्षी दुईजना छन् तर सत्तापक्षले एउटा मन्त्रालय मात्रै दिने भनेपछि नागरिक उन्मुक्ति प्रदेश सरकारमा जाने निर्णयबाट पछि हटेको बताइएको छ । 

सरकार गठन भएको साढे पाँच महिना पुग्दा पनि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । 
 





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १२:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया