logo-img

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा निर्माण सम्पन्न गर्न समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभाबी योजना परेकाले निर्माण सम्पन्न गर्नमा समस्या भइरहेको बताएका छन् ।  

भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताएका हुन् ।

उनले अब अन्तिम समय वैशाख–जेठमा टेन्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेन्डरको काम आर्थिक वर्षको पहिलो चैमासिकमा नै गरिसक्ने व्यवस्था मिलाउँदै लैजाने बताए ।

‘अब हचुवाका भरमा मात्र काम गर्नेभन्दा पनि पाँच बर्से आवधिक योजना बनाएर काम गर्नुपर्छ, अघिल्लो चार वर्षको वहुबर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभाबी बहुवर्षीय योजना परे, धेरै गुनासा सुनिए, म आफैँ आर्थिक मामिलामन्त्री हुँदा बहुवर्षीय योजनाको मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरेको हुँ,’ उनले भने । 

अघिल्लो सरकारले हालेका बहुवर्षीय योजनाको बोझ बोक्नुपरेको र ३० देखि ४० प्रतिशत काम मात्रै भएकाले त्यसलाई सम्पन्न गर्न थप चुनौती रहेको उनले बताए । काठमाडौं–हेटौँडा जोड्ने भैँसे–भीमफेदी, फाखेलदेखि फर्पिङसम्मको बाटो मुख्यमन्त्री भएपछि प्राथमिकताका साथ अगाडि बढाए पनि काम सुस्त र गुणस्तरीय हुन नसकेको उनको भनाइ छ । 

पहिलो सरकारको कार्यकालबाट सुधार सुरु भएको काठमाडौं–हेटौँडा सडकखण्डको भीमफेदीको सडकको काम तीव्र गतिमा सम्पन्न गर्न सवारी साधन ‘डाइभर्ट’ गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा निर्माण सम्पन्न गर्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । 





  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार १२:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया