logo-img

दक्षिण सुडानमा नेपाली शान्ति सेना बाँठाको मृत्यु

 दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको बिहीबार मृत्यु भएको हो ।

जाजरकोट जिल्ला खलङगा गाउँपालिका–६ का बाँठाको  रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

बाँठाको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ । 





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार २०:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया