logo-img

क्रिकेटबाट संन्यास लिने स्टुअर्ट ब्रोडको घोषणा

इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले अस्ट्रेलायाविरुद्धको जारी एसेज टेस्ट सिरिज समाप्तिपछि संन्यास लिने घोषणा गरेका छन् ।   

३७ वर्षीय ब्रोडले इंग्ल्याण्डका लागि १६७ टेस्टमा ६०२ विकेट लिएका छन् । उनी टेस्ट इतिहासमा ६ सयभन्दा बढी विकेट लिने दोस्रो तीव्र गतिका बलर हुन् । उनीभन्दा अगडि इंग्ल्याण्डकै जेम्स एन्डरसन रहेका छन् । उनले हालसम्म ६९० विकेट लिएका छन् ।  

पाँचौं टेस्टमा जित हासिल गरे इंग्ल्याण्डले सिरिज २–२ को बराबरी गर्नेछ । ब्रोडले जारी सिरिजमा २० विकेट लिएका छन् । उनी यो सिरिजमा इंग्ल्याण्डका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।  

ब्रोडले १२१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ टी–२० खेलेका छन् । जसमा उनले ओडिआईतर्फ १७८ टी–२० विकेटतर्फ ६५ विकेट लिएका छन् । उनले २०११ र २०१४ बीच टी–२० टोलीको कप्तानी पनि गरेका थिए । 

सन् २०१६ देखि भने ब्रोड टेस्ट क्रिकेट मात्र खेलिरहेका छन् । 
 





  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार ९:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया