logo-img

राप्रपाको केन्द्रीय कार्यालय भत्काउने काठमाडौं महानगरको तयारी

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । राप्रपाको कार्यालय हाइटेन्सन लाइनमुनि भएकाले महानगरले भत्काउन लागेको हो । यसको नक्सा पास छैन ।

सो भवन राप्रपालाई दिलविकास राजभण्डारीले दान दिएका थिए । राप्रपाका नेता राजभण्डारीले पत्नी शशिकलाको स्मृतिमा २०६९ सालमा ८ आना जग्गासहितको भवन राप्रपालाई दिएका थिए । 

सो भवन रहेको जग्गा अहिलेसम्म पनि राजभण्डारीको दुई छोरीको नाममा रहेको छ । नामसारी गर्दा १९ लाख रुपैयाँ खर्च लाग्ने भएकाले पैसा छैन भनेर राप्रपाले नामसारी नगरेको हो ।  

महानगरपालिकाले १३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको थियो । सो समयमा कार्यालय नहटाएपछि पुनः महानगरले १२ साउनमा ३ दिनको समय दिएर कार्यालय हटाउन भनेको थियो ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालय नहटे डोजर चलाउने बताएका छन् । हाइटेन्सन लाइनमुनि कुनै पनि घर बनाउन वा कार्यालय सञ्चालन गर्न नमिल्ने भन्दै उनले राप्रपाको कार्यालय भत्काउने निर्णय भइसकेको बताए । 

हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्दा दुर्घटनाको जोखिम हुन्छ । यस्तो स्थानमा संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ ।





  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार २१:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया