प्रतिनिधिसभा बैठक : टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको सभामुखले जानकारी गराउने कार्यसूची रहेको छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपछि हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । 

नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत व्यक्ति हाल पुर्पक्षका लागि थुनामा रहेका हुन् । 

यस्तै, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्ने पनि सम्भावित कार्यसूची छ । 



सम्भावित कार्यसूची :



  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार ७:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया