logo-img

लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले सार्‍यो परीक्षा

शिक्षक सेवा आयोगको परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो । लोकसेवा आयोगको परीक्षासँग जुधेपछि सो परीक्षा सरेको हो ।

असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पूर्वसूचना अनुसार नै रहने आयोगले जनाएको छ ।

असार १ गते बसेको आयोगको बैठकले प्रावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाअन्तर्गत विषयगत परीक्षा असोज ६ गते निर्णय गरेको थियो । असार ६ गते लोक सेवा आयोगले लिने खरिदार पदको समेत परीक्षा परेपछि शिक्षकको परीक्षा सारिएको हो ।





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १८:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया