नेत्रविक्रम चन्दलाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्दलाई स्विकार्न गाह्रो नभएको बताएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताए । चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चारमाध्यमले हाइलाइटको विषय बनाएको उनले बताए । 

सांसद शर्माले जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रीय कमिटीको बैठक लाइभ गर्न लागेको बताए । 

सांसद शर्माले केन्द्रीय कमिटीको बैठक साउन १७ गतेदेखि सुरु हुने र सबै केन्द्रीय सदस्यले बोल्ने बताए । 





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १८:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया