logo-img

निर्वाचन खर्चको विवरण नबुझाएको कसुरमा जरिवाना नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले निर्वाचन खर्चको विवरण नबुझाएको कसुरमा जरिवाना नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश दिएको हो । 

निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण नबुझाएका उम्मेदवारहरुलाई १५ हजारका दरले जरिवाना गरेको थियो । रास्वपाका सांसदहरू सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुली आयोगको सो निर्णयविरुद्ध उच्च अदालत गएका थिए । 

सोमबार अल्पकालीन आदेश जारी गर्दै उच्च अदालतले निर्वाचन आयोग र रिट निवेदकलाई साउन २२ गते अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार २१:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया