अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने
फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । 

मन्त्रालयका अनुसार काठमाडौंको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो । 

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको  अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले अस्पतालहरूमा नागरिक बडापत्र लागू हुनुपर्ने बताए  । उनले बिरामीहरूले अस्पतालले निःशुल्क उपचार दिनुपर्ने पनि बताए । 

डा. बाराकोटीले भने, ‘नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाइ राम्रो छ । पूर्वाधार ठीक छ । नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ । शंकरापुर अस्पतालको भवन स्ट्याण्डर्ड छैन । गरिब असहायलाई बेड पर्याप्त नछुट्याइएको पाइयो । ल्यावमा सुधार गर्नुपर्ने देखियो ।’

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरूको अनुगमन गरेको थियो । 





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १८:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया